बाल यौन दुराचारमा अष्ट्रेलियाका क्याथोलिक कार्डिनल दोषी ठहर « Khabarhub

बाल यौन दुराचारमा अष्ट्रेलियाका क्याथोलिक कार्डिनल दोषी ठहर


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियाका क्याथोलिक कार्डिनल जर्ज पेलले बाल यौन दुराचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।

रोमन क्याथोलिक धर्मका इसाई धर्मगुरु पोप फ्रान्सिसका निकटतम सल्लाहकार तथा भ्याटिकनका ट्रेजरर कार्डिनल पेलले दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा अष्ट्रेलियाको अदालतले दोषी ठहर गरेको हो ।

सन् १९९० को दशकमा अष्ट्रेलियाको मेलबर्न शहरमा रहेको सेन्ट प्याट्रिक्स गिर्जाघरमा उनले १२ र १३ वर्षका दुई बालकमाथि यौन दुराचार गरेको अदालतको ठहर छ ।

बाल यौन दुराचारमा दोषी ठहर हुने पेल क्याथोलिक धर्मका सबैभन्दा उच्च तहका धर्मगुरु हुन् । यता कार्डिनल पेलले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

यद्यपि भ्याटिकनले भने पेललाई दोषी ठहर गरिएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ७ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको