ललितपुरमा ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला’ हुँदै « Khabarhub

ललितपुरमा ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला’ हुँदै


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा ‘राष्ट्रिय प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ ।

प्राङगारिक कृषि पद्धति अपनाई माटो र जीवन बचाउन आह्वान गर्दै आगामी बिहीबार १६ गतेदेखि ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा राष्ट्रिय प्राङगारिक कृषि मेला आयोजना गर्न लागिएको हो ।

रासायनिक मल र त्यसले मानव स्वास्थ्यमा पारेको असर न्यूनीकरणका साथै प्राङगारिक कृषिको आवश्यक्ताबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको कृषि विभागका निर्देशक प्रकाश सञ्जेलले बताए ।

मंगलबार पत्रकार सम्मेलन गरी कृषि विभागको संयोजनमा आयोजना हुने सो मेलामा प्राङगारिक कृषि खेतीबारे जानकारी दिने खालका १ सय २५ वटाभन्दा बढी स्टल रहने जानकारी दिइएको थियो ।

४ दिनसम्म चल्ने मेलाको मुख्य आकर्षणको रुपमा ताजा कृषि उपज, प्रशोधित कृषि उपज, रैथाने बालीको खाद्य परिकार, कृषि सामग्री र प्रविधिहरु रहने निर्देशक सञ्जेलले जानकारी दिए । मेलामा करिव २५ लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : १२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले