प्रिमियर लिग फुटबल– साउथ ह्यामटनको पोस्टमा लेइस्टरको ९ गोल ! | Khabarhub Khabarhub

प्रिमियर लिग फुटबल– साउथ ह्यामटनको पोस्टमा लेइस्टरको ९ गोल !


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब लेइस्टर सिटीले प्रिमियर लिगमा सबैभन्दा ठूलो जीतको २४ वर्ष पूरानो रेकर्डलाई बराबरी गरेको छ ।

सेन्ट मेरिजमा भएको खेलमा लेइस्टरले १० जनामा सिमित साउथह्यामटनलाई ९–० ले ध्वस्त बनायो ।

जितसँगै ब्रेडन रोजर्सको लेइस्टर दोस्रो स्थानमा उक्लिएको छ ।

यसले म्यान्चेस्टर सिटीलाई पछाडि पारेको छ ।

सन् १९९५ मा म्याचेस्टर युनाइटेडले इप्सविचविरुद्ध ९–० को फराकिलो जित निकालेको थियो ।

साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ४२ बजे

चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव

वीरगञ्ज– वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

किएभ– मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

किमाथांका– सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन

विदेशबाट फर्किएका विष्णु बरालको सन्देश : आफ्नै माटोमा सुन फल्छ !

मोरङ (उर्लाबारी) : कृषि कर्ममा सुरक्षित भविष्य नदेख्ने ठूलो जमात