डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो « Khabarhub

डोजर प्रकरणः घाइतेलाई उपचारका लागि भारत लगियो


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ ।

यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।

गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो ।

जगदिशका दाजु बिसनदत्त जोशीका अनुसार गौरीलाई उपचारका लागि भारत लगिएको र आफू उपचार खर्च जुटाउन घर फर्किएको बताए । “उपचार गराउन खर्च अभाव भएको छ, मजदूरी गरेर खाने मान्छे उपचार गराउन कहाँबाट पैसोको जोहो गर्नु”, उनले भने ।

नेकपाको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा भएको डोजर प्रकरणमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले गत सोमबार स्थानीयवासीबीच विवाद हुँदा घटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले विज्ञप्ति जारी गर्दै दशरथचन्द नगरपालिकाले नै सुणन्नाखानदेखि पार्स जोड्ने सडक खन्नका लागि अनुमति दिएको, नगरप्रमुख आफैँले सडकको उद्घाटन गरेको र दुई सडक निर्माणका लागि नगरपालिकाले आश्वासन दिएको बताए ।

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोपालदत्त जोशीलाई समितिको अध्यक्ष बनाई अर्को सडक खन्न लगाउँदा विवाद भएको पालको आरोप छ । काङ्ग्रेससँग आबद्ध शिक्षक दुर्गादत्त जोशीको उक्साहटमा सडक निर्माण गरिरहेका बेला एक्कासी निर्माण गर्ने पक्षमाथि आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दशरथचन्द नगरपालिकाले विगतदेखि बिना योजना दर्जनौँ सडक निर्माण गरी करोडौँ रुपैयाँ खर्च गरेकोप्रति नेकपाले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारावाही गर्न नेकपाले आग्रह गरेको छ ।

उक्त घटना सत्ता र शक्तिका आडमा भएको काङ्ग्रेसको केन्द्रीय छानबिन समितिको निष्कर्ष छ । काङ्ग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाको आरोप छ । काङ्ग्रेसको छानबिन टोलीले घटनास्थलमा पुगेर स्थानीयसँग छलफल गरेको थियो ।

बिना सम्झौता सडक खनियोः नगरपालिका

दशरथचन्द नगरपालिकाले उक्त सडक खन्न आर्थिक वर्ष २०७४/७५ मा रु चार लाख विनियोजन गरिएको र सो रकम बराबरको काम सम्पन्न भइसकेको जनाएको छ ।

हाल सो सडकका लागि बजेट विनियोजन नभएको र डिजाइन स्टमेट पनि नबनाएको नगरपालिकाले जनाएको छ । “योजना निर्माणका लागि नगरपालिकासँग सम्झौता भएको छैन”, नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चालकसहित चार जनाविरुद्ध मुद्दा

गौरीलाई डोजर लगाएर हुत्याउने चालक किशोर बोहरा, डोजर मालिक भानीदत्त जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । कात्तिक ४ गते चिलाउने–पार्स सडक खन्ने क्रममा डोजरले हुत्याउँदा गौरी घाइते भएकी थिइन् ।

सडक खन्ने क्रममा दुई पक्षबीच झडप हुँदा अन्य सात जना सामान्य घाइते भएका थिए । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै