'इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह' | Khabarhub Khabarhub

‘इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह’


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।

कार्यस्थलमा रहेको ७५ प्रतिशत मजदूरलाई इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँका असरका बारेमा जानकारी नभएको एक अध्ययनले जनाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोगसमेत पाइएको पनि जनाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोशीले नेपालमा वर्षेनी व्यवसायजन्य दुर्घटनामा २०० भन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए ।

उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित बनाउन मन्त्रालयले निर्देशन दिएको उनले जानकारी दिए ।

अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह रहेको र मजदूरले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको प्रतिवेदन सार्वजनिक गरे ।

उनले श्रमिकको वासस्थान चार फिटभन्दा अग्लो नभएको, भुइँको चिसोमा सुत्न बाध्य भएको, शौचालय अव्यवस्थित र खानेपानी पनि अस्वस्थकर पाइएको जानकारी दिए ।

नेपाल इँटा उद्योग व्यवसायी महासङ्घका महासचिव केपी अवालले इँटाभट्टामा कार्यरत श्रमिक मौसमी हुने भएकाले वर्षेनी कामदार फेरिने गुनासो गर्दै श्रम ऐनअनुसार मजदूरलाई सेवा सुविधा दिन कठिन अवस्था रहेको बताए ।

कार्यक्रममा पाँचवटा प्रदेशमा इँटा प्रयोगशाला स्थापनाको तयारी भएको जानकारी दिइयो । आयोजक संस्थाका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मजदूरको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा सरकार तथा रोजगारदाताले ध्यान नदिएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : १३ बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको