‘इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह’ « Khabarhub

‘इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह’


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।

कार्यस्थलमा रहेको ७५ प्रतिशत मजदूरलाई इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँका असरका बारेमा जानकारी नभएको एक अध्ययनले जनाएको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोगसमेत पाइएको पनि जनाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोशीले नेपालमा वर्षेनी व्यवसायजन्य दुर्घटनामा २०० भन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए ।

उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित बनाउन मन्त्रालयले निर्देशन दिएको उनले जानकारी दिए ।

अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह रहेको र मजदूरले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको प्रतिवेदन सार्वजनिक गरे ।

उनले श्रमिकको वासस्थान चार फिटभन्दा अग्लो नभएको, भुइँको चिसोमा सुत्न बाध्य भएको, शौचालय अव्यवस्थित र खानेपानी पनि अस्वस्थकर पाइएको जानकारी दिए ।

नेपाल इँटा उद्योग व्यवसायी महासङ्घका महासचिव केपी अवालले इँटाभट्टामा कार्यरत श्रमिक मौसमी हुने भएकाले वर्षेनी कामदार फेरिने गुनासो गर्दै श्रम ऐनअनुसार मजदूरलाई सेवा सुविधा दिन कठिन अवस्था रहेको बताए ।

कार्यक्रममा पाँचवटा प्रदेशमा इँटा प्रयोगशाला स्थापनाको तयारी भएको जानकारी दिइयो । आयोजक संस्थाका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले मजदूरको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा सरकार तथा रोजगारदाताले ध्यान नदिएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : १३ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको