धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक : मन्त्री पण्डित « Khabarhub

धर्म र संस्कृति बचाउन सबैको योगदान आवश्यक : मन्त्री पण्डित


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै उनले संस्कृति र धर्म हाम्रो परम्परा हो, यसको जगेर्नाबाट नै समाजलाई एकतामा बाँध्न सकिने कुरामा जोड दिए ।

उनले नवनिर्माण हुने बहुतले सामुदायिक भवनको गुणस्तरीयतामा कमी आउन दिन हुँदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने चर्चा गरे ।उनले स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तीव्रता दिन आग्रह गर्दै सङ्घीय सरकारले आवश्यक थप बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

मन्त्री पण्डितले स्थानीय जनताका सहयोगले निर्माण हुन भवनबाट यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न तीन तहको सरकारको सहयोग रहने बताउँदै समाजको विकासका लागि सबैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

समाजसेवी पङ्कज बर्माले रु दुई लाख ५१ हजार र भवन निर्माण समितिका संयोजक धीरेन्द्र कर्णले सामुदायिक भवन निर्माणका लागि रु ५१ हजार सहयोग प्रदान गर्ने जानकारी दिनुए ।
विराटनगर–२ स्थित दुई कठ्ठा जग्गामा निर्माण गरिने दुईतले मन्दिरमा दुई सभाहलसहित पाँचवटा कोठा रहनेछन् । दुई वर्षभित्र मन्दिर एवं सामुदायिक भवन निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड रकम लाग्ने अनुमान रहेको छ ।

सङ्घीय सरकारको तराई–मधेश समृद्धिअन्तर्गत सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत हाल रु २५ लाख र प्रदेश सरकारले रु पाँच लाख प्रदान गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १ : ४० बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते