झिनीया रोटी बनाउन भ्याइनभ्याइ « Khabarhub

झिनीया रोटी बनाउन भ्याइनभ्याइ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- माथागढी गाउँपालिका–३ सराइमा झिनीया रोटी बनाउने भ्याइनभ्याइ छ । तिहारमा खाइने रोटीको परिकारमध्ये झिनीया रोटी पनि एक हो । चामलको पिठो कुटेर उत्पादित झिनीया रोटी तिहारका बेला बढी खपत हुँदै आएको छ ।

तिहारका समयमा पाल्पाली झिनीया रोटीको उच्च कारोवार हुने गर्छ । कात्तिक महिनामा झिनीयाको रोटीको कारोवार बढी हुँदा स्थानीय महिला झिनीया रोटी बनाउने गृहकार्यमा जुटेका छन् । घरमा नै बसेर झिनीया रोटी बनाउन सकिने हुँदा यहाँका महिला झिनीया रोटी बनाउन आकर्षित छन् । कम लगानी र छिटो उत्पादन र बजार राम्रो रहेको व्यवसायीको भनाइ छ ।

माथागढी गाउँपालिका सराइका स्थानीय बासिन्दा नहलसिं श्रेष्ठ यसपालि रु पाँच लाखको झिनीया रोटीको कारोवार गर्ने योजनामा हुनुहुन्छ । गत वर्षको दशैँ तिहारमा पनि झण्डै रु पाँच लाखको झिनीया रोटीको कारोवार गरेको श्रेष्ठको भनाइ छ । करिब चार वर्षअघि झिनीया बनाउने व्यवसाय अँगाल्नु भएका श्रेष्ठले तिहारको शुरुआतसँगै एक/डेढ लाख आम्दानी भइसकेको बताए ।

भदौ, असोज महिनामा झिनीया बनाउन उपयुक्त समय रहेको श्रेष्ठको भनाइ छ । “जति उत्पादन गरे पनि बजारमा माग बढी छ, मागअनुसारको झिनीया उपलब्ध गराउन सकिएको छैन”, श्रेष्ठले भने ।

सराइमा उत्पादित झिनीया रोटी रुपन्देही जिल्लाको बुटबलमा थोकमा बिक्री हुन्छ । स्थानीय झडेवा, सराइ, खहरेलगायतका क्षेत्रमा समेत सहजरूपमा खपत हुने व्यवसायीको भनाइ छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोलमा ठूलो मात्रामा झिनीया रोटी उत्पादन गरिँदै आएको छ । तानसेनकी विमला प्रधानले वार्षिक रु पाँचदेखि सात लाखसम्म झिनीयाबाट आम्दानी हुने बताए । अन्य महिनाको तुलनामा कात्तिकमा झिनीया रोटीको कारोवार उच्च हुने गर्छ ।

“तिहारका भाइटीकामा खुवाइ रोटीका रुपमा परिचित रहे पनि खाजाका रुपमा मकै, भटमास, झिनीया रोटी खाने चलन पनि छ, त्यसैले पाल्पा आएका आन्तरिक पर्यटकको रोजाइमा झिनीया रोटी आकर्षण हुन्छ । सस्तो र राम्रो हुने भएपछि सबैको नजर झिनीया रोटीमा पार्ने हुन्छ”, व्यवसायी प्रधानले भने ।

पाल्पाको तानसेनकाके टक्सार, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा व्यावसायिकरूपमा झिनीया उत्पादन हुँदै आएको छ । पाल्पाका झण्डै २ सयभन्दा बढी घरपरिवारले झिनीया उत्पादनमा संलग्न रहेको पाइन्छ । यसबाट जीविकोपार्जन गर्न सहज हुने भएपछि महिलाहरु यस व्यवसायप्रति आकर्षित छन् ।

पाल्पाबाट उत्पादित झिनीया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा खपत हुँदै आएको व्यवसायी बताउँछन् । झिनीया बनाउनका लागि पहिला चामललाई मसिनो गरी पिस्नुपर्छ । पिसेको चामलाई पानीमा पकाउनुपर्छ । पिसेको चामललाई राम्रोसँग पाकेपछि मेसिनमा हालेर झिनीया रोटी बनाउन सकिने व्यवसायीको भनाइ छ ।

मेसिनबाट बनेको झिनीयालाई आवश्यक मात्रामा घाममा सुकाउनुपर्छ । यसरी तयार भएको झिनीया रोटीलाई तातो तेलमा फुराएपछि खान योग्य हुने गर्दछ । पाल्पा तानसेनको टक्सारमा उत्पादित झिनीया रोटी चामलको पिठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पिठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउजस्तै गोलो आकारमा निर्माण गरी दुई/तीन दिनसम्म घाममा सुकेपछि झिनीया बजारमा बेच्न योग्य हुने व्यवसायीको दाबी छ ।

महिलाहरुले रु २५० मा एक दर्जन साना आकारका झिनीया बेच्दै आएका छन् । एक दर्जन ठूला आकारका झिनीयालाई तीन/चार सयमा बिक्री हँुदै आएको झिनीया व्यवसायी कमलादेवी श्रेष्ठले बताउनुहुन्छ । झिनीया व्यवसायीले तिहारका बेला पाँच/सात लाख आम्दानी गर्दै आएका छन् ।

तिहारका बेला अन्य महिनामाभन्दा बढी कारोवार हुँदा आम्दानी पनि बढी नै हुँदै आएको उनीहरुले बताउँछन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनीया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनीयाको कारोवार उच्च बन्दै गएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ३ : १२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग