राजपाले बनायो तदर्थ समिति गठनका लागि निर्देशिका « Khabarhub

राजपाले बनायो तदर्थ समिति गठनका लागि निर्देशिका


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ ।

पार्टी तथा वर्गीय संगठनहरुको गतिविधिहरु तीव्र, क्रियाशील, प्रभावकारी चुस्तदुरुस्त र नियमित रुपमा सञ्चाल गर्न अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले निर्देशिका बनाएको हो ।

२२ बुँदे निर्देशकामा वडादेखि जिल्लास्तरसम्मका पार्टी समितिहरु सम्मेलन गरी गठन गरिने उल्लेख छ । साथै वर्गीय संगठनहरुको पनि तदर्थ समिति गठन गरिने राजपाले जनाएको छ ।

सम्मेलन तयारीका लागि आगामी कात्तिक १९ गते बैठक बस्ने कार्यतालिका निर्देशिकामा उल्लेख गरिएको छ । यस्तै, सबै वडा सम्मेलन कात्तिक २४ गते, सबै पालिका सम्मेलन कात्तिक २६ गते, सबै क्षेत्रीय सम्मेलन कात्तिक २८ गते र सबै जिल्ला सम्मेलन कात्तिक ३० गते गर्ने राजपाले मिति तय गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : २१ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते