मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना बन्ने « Khabarhub

मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना बन्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ ।

मादी नदीमा ताल निर्माण गरेर अन्य पूर्वाधार बनाउने र समग्र यस क्षेत्रकै पर्यटन विकास गर्ने उद्देश्यसहित नगरपालिकाले बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले मादी नदीलाई व्यवस्थित गरी यहाँका स्थानीयवासीको आर्थिक जीवनस्तर उकास्न परियोजनालाई अगाडि बढाउन खोजिएको बताए । “परियोजनाले व्यासको जन्मभूमि दमौलीको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ”, नगरप्रमुख न्यौपानेले भने ।

काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा रु ४० लाख बजेट छुट्याएको छ ।

गुरुयोजना निर्माण गर्ने सन्दर्भमा अर्थक्वेक सेफ्टी सोलुसन्सले यस क्षेत्रको प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनबाट मादीको पानी र प्राकृतिक स्रोतलाई व्यवस्थित गर्न सके आयआर्जनको स्रोत बन्न सक्ने सम्भावना देखिएको सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार दमौलीदेखि शिशाघाटसम्मको १८ किमी दूरीमा बगेको मादी नदीलाई व्यवस्थित गर्न सकिए प्रशस्त जग्गा व्यवस्थापन हुने र उक्त जग्गामा भौतिक पूर्वाधार निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

“मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने देखिन्छ,” महर्जनले भने, “परियोजनाले वातावरणीय, धार्मिक तथा सांस्कृतिक र पर्यटकीय विकासको सम्भावना छ ।”

सरकारले गत चैत महीनामा आयोजना गरेको लगानी सम्मेलनको क्रममा समेत यस परियोजना छनोट भएको थियो । परियोजनाका लागि कूल रु छ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ । नगरप्रमुख न्यौपानेका अनुसार परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटरपार्क, मिनी गल्फकोर्सलगायतका संरचना निर्माण गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : ०५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग