मोरङमा राति १० बजेपछि देउसी भैलोमा रोक | Khabarhub Khabarhub

मोरङमा राति १० बजेपछि देउसी भैलोमा रोक


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

स्थानीय सुरक्षा समितिको शनिबार बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पुर्‍याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक लाग्ने र आगलागी भई धनजनको क्षति हुन सक्ने भएकाले त्यस्ता पदार्थको उत्पादन, आयात, निर्यात, खरीद, बिक्री वितरण, ओसापसारलगायतमा पूर्ण रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्री वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने निर्णय बैठकमा भएको छ ।

भारतबाट आयात गरिने पटाका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनाका साथै बजारमा अनुगमन कार्य तीव्र पारिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ४५ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ