उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार « Khabarhub

उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- डोल्पामा लेक लागेर बिरामी भएका दुई जना जर्मन नागरिकलाई उद्धार गरिएको छ ।

माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुई जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुबै जना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन् ।

उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरुको नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै