जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

जनताको भावनाअनुसार सरकार सञ्चालन हुनुपर्छः पूर्वप्रधानमन्त्री नेपाल


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो र भावनाअनुसार सरकार सञ्चालन हुनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिरबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले जनताको मन जितेर, कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

वरिष्ठ नेता नेपालले नेपाली जनता आफ्नो समस्या समाधान गर्न सक्षम रहेको उल्लेख गर्दै स्वाभिमानी नेपाली जनताले कोही कसैको हस्तक्षेप स्वीकार्य गर्दैनन् भने ।

नेकपा पार्टीमा नेकपाको विचारधारा लागू भएको बताउँदै उनले पार्टीमा कोही कसैको विचारधारा थोपारेको सम्बन्धमा कसैलाई भ्रम नरहोस् भनी स्पष्ट पारे ।

एक प्रश्नको जवाफमा रौतहट हत्या काण्ड कानूनी प्रक्रियामा गइसकेकाले कसैले हस्तक्षेप गर्नु हुँदैन भन्दै विगतमा नेपाली कांग्रेसको सिफारिसमा आफूले मोहम्मद अफताव आलमलाई मन्त्रिमण्डलमा समावेश गरेको हो भने ।

वरिष्ठ नेता नेपालले द्वन्द्वकालमा घटेका घटना छिटो छिनोफानो हुनुपर्नेमा जोड दिँदै सत्य निरुपण टुग्ङ्याउन आफ्नो सहयोग सदैव रहने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : ४५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको