एस्टन भिल्लामाथि म्यान्चेस्टर सिटीको सहज जीत « Khabarhub

एस्टन भिल्लामाथि म्यान्चेस्टर सिटीको सहज जीत


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हराएको छ ।

शनिबार भएको खेलमा सिटीले घरेलु मैदानमा एस्टन भिल्लालाई ३–० ले हराएको हो । सिटीले जीतसँगै शीर्ष स्थानको लिभरपुलमाथि दबाब बढाएको छ ।

उसले लिभरपुलसँगको दुरी ३ अंकमा झारेको छ । सिटीको जीतमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन, गुन्डोगनले समान एक एक गोल गरे ।

तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

६५ औ मिनेटमा ब्रुईनले सिटीको अग्रता दोब्बर पारे । गुन्डोगनले ७० औ मिनेटमा गोल गर्दै सिटीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

खेल सकिन तीन मिनेट अगाडी फर्नान्डिन्हो रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।

सिटीले १० खेलबाट २२ अंक जोड्यो । शीर्ष स्थानको लिभरपुलको २५ अंक छ । एस्टन भिल्ला ११ अंक सहित १३ औ स्थानमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : ०२ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात