भरतमोहन अधिकारीको बैंक खातामा रहेको २५ लाखबाट अक्षयकोष « Khabarhub

भरतमोहन अधिकारीको बैंक खातामा रहेको २५ लाखबाट अक्षयकोष


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दिवङ्गत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उनी पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत थिए ।

अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोषको घोषणा गरिने ‘भरतमोहन अधिकारी फाउण्डेशन’ले जनाएको छ ।

फाउण्डेशनको शनिबार बसेको तेस्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जीवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

फाउण्डेशनका महासचिव पद्म खतिवडाले रु २५ लाखबाट कोष शुरु गरिने जानकारी दिए । दिवङ्गत हुनुअघि अधिकारीले पारिवारिक सदस्यलाई आफ्नो बैंक खातामा रहेको रु २५ लाखको अक्षयकोष स्थापना गरिदिन भनेकाले उनीको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए ।

अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदारदेखि उनीले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकलाई ऐच्छिकरुपमा रकम दानका लागि अपिल गरिने फाउण्डेशनले जनाएको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गरिने जनाइएको छ ।

फाउण्डेशनको पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) समेत सार्वजनिक गर्ने भएको छ ।

पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता/कार्यकर्ता, पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री डा युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछ । यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदा विभिन्न मञ्चमा व्यक्त गरेका विचारसमेत समेटिनेछन् ।

एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम शुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाउनुभएका अधिकारीको ८२ वर्षको उमेरमा गत वर्षको फागुन १८ गते निधन भएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : २१ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको