न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली हुने « Khabarhub

न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली हुने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने छ ।

बुधबार दिउँसो पश्चिमी भूभागका केहि ठाउँमा पानी पर्ने सम्भावना छ भने राति हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमी तथा मध्य भूभाग लगायत पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी तथा मध्य हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै पुर्वी हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ | हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

मंसिर १३ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : १७ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।