हार नमान्नुस्, आज कठिन छ, भोलि झन कठिन र पर्सी पक्कै सुन फल्नेछ… « Khabarhub

हार नमान्नुस्, आज कठिन छ, भोलि झन कठिन र पर्सी पक्कै सुन फल्नेछ…


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अनलाइन रिटेल कम्पनी अलिबाबाका चियरम्यान ‘ज्याक मा’ कुनै समय एसियाकै धनाढ्य व्यक्तिमा गनिन्थे । उनले ‘वाण्डा ग्रुपका रुवाङ्ग जियानलिनलाई पछि पार्दै धनी व्यक्तिको सूचीमा परेका थिए ।

ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ । जब चीनमा पहिलो पटक केएफसी आएको थियो तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । जसमा २३ जना छनोट भए । एक जना फालिए, त्यो फालिने व्यक्ति नै थिए– ज्याक मा ।

उनको संघर्ष यत्तिमै सीमित रहेन । एक पटक आर्मीमा भर्ति हुन गए । पाँच जनामध्ये चार जना छनोट भए । उनी त्यहाँ पनि फालिए । कलेज पढन् गए, दशभन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक उनीलाई अस्वीकृत गरिएको बताइन्छ ।

अन्ततः उनले लगनले उनी २३ विलिएन डलरसहित एसियाका सबैभन्दा धनी व्यक्ति बने । उनको सफलताको पछि के छ त त्यस्तो सूत्र ? यहाँ हामीले उनका जीवनपयोगी केही भनाइहरु प्रस्तुत गरेका छौं जसले तपाईंलाई पनि सफलताको शिखरमा पुग्न मद्दत गर्नेछ ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस\ र जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
४. वस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा <
६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ३१ बजे

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि 

काठमाडौँ – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त

आजको मौसम : तीनवटा प्रदेशमा पानी पर्ने

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

यस्तो छ, आज सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १३ गते सोमबारका

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक

आज २०७९ साल चैत १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १३ गते सोमबार ।