बालबालिका बेचबिखनविरुद्ध सकड नाटक « Khabarhub

बालबालिका बेचबिखनविरुद्ध सकड नाटक


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो ।

मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिए ।

बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ ।

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन जिल्लाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

अदानचुली र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरिने उक्त कार्यमा संलग्न भुवन भण्डारीले बताए । यहाँका विद्यालय र गाउँमा सडक नाटक प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ४७ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल