नगर शिक्षा समितिको बैठक नबस्दा शिक्षकले तलब पाएनन् | Khabarhub Khabarhub

नगर शिक्षा समितिको बैठक नबस्दा शिक्षकले तलब पाएनन्


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौदेखि तलब पाउन सकेका छैनन् ।

गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् ।

नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिए ।

नगर शिक्षा समितिको बैठक नियमित नबस्दा विद्यालय लथालिङ्ग अवस्था पुगेकाले समयमै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको उपाध्यक्ष महतोले बताए ।

जनही रु १२ हजारका दरले मासिक तलब पाउँदै आएका शिक्षकलाई यस वर्षदेखि केही थप रकम जोडेर दिने नगरपालिका शिक्षा शाखाको योजना रहेको र सो सम्बन्धमा शिक्षा समितिबाट निर्णय गराउन बाँकी रहेकाले शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको नगर शिक्षा शाखाका पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

गत वर्ष शिक्षकलाई तलबवापत नगरपालिकाले रु ५३ लाख छुट्याएको थियो । यस वर्षदेखि सोही शीर्षकमा रु ६० लाख छुट्याएकाले समयमै रकम मिलान हुन नसक्दा समस्या भएको अधिकारीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ५१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको

पूर्व डीआईजी जोशी अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा पेसी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल

सुप्रिम सहकारी ठगीमा रविविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही– जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी

किवीका बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा– किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन बोलाउने तयारी

हेटौँडा– बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने