प्रधानमन्त्रीको स्वास्थ्य हिजोसम्म “क्रिटिकल” आज खतरामुक्त : डा सायमी « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य हिजोसम्म “क्रिटिकल” आज खतरामुक्त : डा सायमी


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिसाइटिसको शल्यिक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको स्वास्थ्य सुधारउन्मुख र खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

मंगलबार त्रिवि शिक्षण अस्प्ताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य खतरामुक्त रहेकाले भेन्टिलेटर ( कृतिम श्वासप्रश्वास) बाहिर राखिएको प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निगरानी गरिरहेका अस्पतालका वरिष्ठ चिकित्सक अरुण सायमीले बताए ।

‘उहाँको हिजोको अवस्था अलि क्रिटिकल नै थियो, अहिले सुधार भएको छ, उहाँ खतरामुक्त हुनुहुन्छ,’ डा सायमीले खबरहबसँग भने, ‘अहिले प्रधानमन्त्रीज्यु कुराकानी पनि गर्न थाल्नुभएको छ ।’

प्रधानमन्त्री ओलीलाई अहिले आइसियुमै राखेर डा सायमीको नेतृत्वको चिकित्सका टोलीको निरन्तर निगरानी गरिरहेको  छ । प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग कुराकानी गरेपनि चिकित्सक बाहेक अन्य व्यक्तिहरुलाई भने भेट्न निषेध गरिएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुनः विग्रिएको छ । मिर्गौलाका समेत बिरामी भएकाले प्रधानमन्त्री ओली संक्रमण हुने जोखिम भने रहेको चिकित्सकले बताए ।

संक्रमणको जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई भेट्न पुग्नेहरु भने उनको स्वास्थ्य अवस्था बुझेर मात्र फर्किएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी