अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसदीय सुनुवाइमा बोलाइयो | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसदीय सुनुवाइमा बोलाइयो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुनुवाइका लागि बोलाएको छ । महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा संसदले ट्रम्पलाई पहिलो पटक सुनुवाईका लागि बोलाएको छ ।

संसदले सुनुवाईका लागि ट्रम्पलाई डिसेम्बर ४ (मंसिर १८ गते बुधबार) संसदीय समितिमा उपस्थित हुन भनको हो ।

तल्लो सदनको न्यायीक समितिका डेमोक्र्याटिक अध्यक्ष जेरोल्ड नाडलरले ‘राष्ट्रपति ट्रम्पलाई सुनुवाईमा उपस्थित हुन वा अनुसन्धानको प्रक्रियाबारे गुनासो गर्न छोड्न’ भनिएको बताएका छन् ।

ट्रम्प सुनुवाईमा उपस्थित भएमा उनले बयानका लागि आएकाहरुसँग प्रश्न गर्न पाउने छन् ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन्।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०१ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर