अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसदीय सुनुवाइमा बोलाइयो « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसदीय सुनुवाइमा बोलाइयो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुनुवाइका लागि बोलाएको छ । महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा संसदले ट्रम्पलाई पहिलो पटक सुनुवाईका लागि बोलाएको छ ।

संसदले सुनुवाईका लागि ट्रम्पलाई डिसेम्बर ४ (मंसिर १८ गते बुधबार) संसदीय समितिमा उपस्थित हुन भनको हो ।

तल्लो सदनको न्यायीक समितिका डेमोक्र्याटिक अध्यक्ष जेरोल्ड नाडलरले ‘राष्ट्रपति ट्रम्पलाई सुनुवाईमा उपस्थित हुन वा अनुसन्धानको प्रक्रियाबारे गुनासो गर्न छोड्न’ भनिएको बताएका छन् ।

ट्रम्प सुनुवाईमा उपस्थित भएमा उनले बयानका लागि आएकाहरुसँग प्रश्न गर्न पाउने छन् ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन्।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०१ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय