कलेज पढ्ने विद्यार्थीहरुको ‘लुटेरा ग्याङ’– हस्ताक्षर चोरेर बैंक खाताबाट लाखौंको लुटपाट « Khabarhub

कलेज पढ्ने विद्यार्थीहरुको ‘लुटेरा ग्याङ’– हस्ताक्षर चोरेर बैंक खाताबाट लाखौंको लुटपाट



काठमाडौं– मंसिर ८ गते (आईतबार), काठमाडौं बस्ने गोपालमान राजवहाक पारिवारिक काममा व्यस्त थिए । रातिको ८ बजेर ३० मिनेट भएको थियो, उनको मोबाइलमा म्यासेज आयो ।

म्यासेज जनता बैंकको नियमित ‘अलर्ट’बाट थियो । म्यासेजमा भनिएको थियो ‘प्रिय, गोपालमान तपाईंको खाता नम्बर ×××××××××× बाट १९ लाख ९९ हजार रुपैयाँ झिकिएको छ ।

हतार हतार उनले आफ्नो दराज चेक गरे । जनता बैंकको चेकबूक दराजकै सेफमा सुरक्षित थियो । चेकबुकबाट कुनै अतिरिक्त पाना पनि च्यातिएको थिएन ।

उनले जनता बैंकमा फोन गरे । फोन उठेन । उनलाई बेचैनी बढ्यो । दुःख गरेर जम्मा गरेको पूँजी एकछिनमै कसैले खताबाट ‘लुटिसके’को म्यासेज बैंकले नै मोबाइलामा पठाएको थियो ।

केही समय अगाडि मात्रै चिनियाँहरुले नेपाली एटिएम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको समाचार उनले पनि पढेका थिए । उनले त्यहि घटना सम्झिए । कतै मेरो पैसा पनि चिनियाँहरुले त चोरेनन् ?

उनले तत्काल प्रहरीलाई खबर गरे । गोपालमानको सूचना पछि महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले घटनाको अनुसन्धान शुरु गर्‍यो ।

सोमबार बिहान राष्ट्र बैंकका पदाधिकारीहरुको निर्देशनमा जनता बैंकमा रहेको गोपालमानको खाता हेर्दा चेकबाट पैसा निकालिएको तथ्य फेला पर्‍यो ।

तर, गोपालमानले कसैलाई पनि आफ्नो चेक भने दिएका थिएनन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा भेटियो, अर्कै व्यक्तिले गोपालमानको नाममा नक्कली चेक बनाएर उनको खाता नम्बर समेत उल्लेख गरी जनता बैंकबाट पैसा निकालेको रहेछ ।

प्रहरीको अनुमान थियो, गोपालमानको नाममा नक्कली चेक बनाएका व्यक्तिहरु पुनः चेक साट्न जनता बैंकको कुनै न कुनै शाखामा पुग्ने छन् । भयो पनि त्यस्तै, सोमबार एकजना व्यक्ति गोपालमानको खाताबाट पैसा निकाल्न चेक लिएर जनता बैंकको न्यूरोडस्थित शाखामा पुगे ।

बैंकका कर्मचारीहरुलाई गोपालमानको खाताबाट पैसा निकाल्न जुनसुकै व्यक्ति आएपनि प्रहरीलाई खबर गर्न भनिएको थियो । गोपालमानको चेक बोकेर पुगेका व्यक्ति देखेपछि बैंकका कर्मचारीहरुले प्रहरीलाई खबर गरे ।

प्रहरीले चेक बोकेका व्यक्तिलाई बैंक शाखाबाटै नियन्त्रणमा लियो । उनीसँगको सोधपुछपछि प्रहरीले अन्य ५ जना पनि उक्त प्रकरणमा संलग्न भएको तथ्य फेला पार्‍यो ।

प्रहरीले १८ लाख ५० हजार नगदसहित ६ जना व्यक्तिलाई पक्राउ गर्न सफल भयो ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ घर भइ काठमाडौंको कालिमाटी बस्दै आएका १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षको मनिष घिमिरे, २१ वर्षको अन्जन बराल, बाग्लुङको गलकोट नगरपालिका–३ घर भइ काठमाडौंको बुद्धनगर बस्दै आएका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको ज्यामिरे घर भइ काठमाडौंको सुविधानगर बस्ने ३० वर्षीय गोबिन्द घिमिरे ।

प्रहरीले उनीहरुको साथबाट नगद १८ लाख ५० हजारसहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० थान, विभिन्न व्यक्तिको नाम र ठेगाना उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न व्यक्तिका हस्ताक्षरको नमूना र नाम उल्लेखित डायरी २ थान बरामद गरेको छ ।

यस्तै, विभिन्न व्यक्तिको नाम उल्लेख गरी फोटो टाँस गरिएको सञ्चुरी बैंकको खाता खोल्ने फर्म ३८ वटा, आईसीएफसी फाइनान्समा खाता खोल्न प्रयोग हुने फारम १८ थान, लक्ष्मी बैंकको खाता खोल्न प्रयोग हुने फारम १७ थान, मञ्जुश्री फाइनान्सको फारम ७ थान, ज्योति विकाश बैंकमा खाता खोल्न प्रयोग हुने फारम ३७ थान, विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट ९८ थान, जीएण्डजी कम्पनीको लेटरप्याड ८६ थान, एनआईसी एसिया बैंकमा विभिन्न व्यक्तिका खाताको स्टेटमेन्ट ९७ थान, सिद्धार्थ बैंकको खाता खोल्न प्रयोग हुने फर्म १० थान, सानिमा विकास बैंकमा खाता खोल्न प्रयोग हुने फारम २५ थान र जनता बैंकमा खाता खोल्न प्रयोग हुने फारम ५७ थान बरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउमध्ये केहीले आफूहरु कलेज पढ्ने विद्यार्थी भएको बताएका छन् । उनीहरुले आफ्नो ‘खर्च निकाल्न’का लागि भनेर हस्ताक्षर किर्त गरेर बैंकबाट पैसा निकालेको भनेर बयान दिएका घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ४८ बजे

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको