प्रचण्ड र वामदेव चुनावी सभामा बोल्नुअघि पोखरामा बम बिस्फोट « Khabarhub

प्रचण्ड र वामदेव चुनावी सभामा बोल्नुअघि पोखरामा बम बिस्फोट


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

बुधवार(आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको हो । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि पुगेका छन् । विस्फोट भएको भएपनि नेकपाको कार्यक्रम भने रोकिएको छैन । अहिले प्रचण्डले सभालाई सम्बोधन गरिरहेका छन् ।

विस्फोटमा परि पार्किङ गरि राखिएको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मंसिर ९ गते सोमबार(अस्ति) पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थयिो ।

मंसिर १४ गते कास्की क्षेत्र नम्बर दुईमा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर