रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू, साढे दुई वर्षमा बनिसक्ने « Khabarhub

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू, साढे दुई वर्षमा बनिसक्ने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ ।

वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्ष (३० महिना) मा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (करीव २ अर्ब रुपैयाँ) लागतमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहने छन् । यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक–कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ ।

“चीनसँगको व्यापार बिस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ”, नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्राविधिक इञ्जिनीयर प्रमोद आचार्यले भने, चीन सरकारको सहयोगअन्तर्गत टिमुरेगाउँमुनि भोटेकोशी नदीको तटीय क्षेत्र र आसपासका भिरालो कान्ला जमीनसमेत उपभोग गरी ३५० वटा मालबाहक कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माण कार्य शुरु भएको हो ।”

यही मङ्सिर ५ गतेदेखि तीव्ररूपमा काम अगाडि बढिसकेको उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको आधार इलाकामा सुक्खा बन्दरगाहमा ढलानवाला मैदान तयारी गर्ने र सामान परीक्षण गर्ने स्थलको नजिक पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँच तल्ले भवन, दुई हजार ८० वर्गमिटर क्षेत्रफलमा सामान जाँचपास केन्द्र र ७५० वर्गमिटर भूभागमा सामान भण्डारणको गोदामसमेत संरचना निर्माण हुने बताइएको छ ।

सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बाहव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पूरै मेशिनरी पर्खाल लगाइने डिजायन भएको इञ्जिनीयर आचार्यले जानकारी दिए । निर्माण कार्य सम्पन्न गर्न आवश्यक मेशिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक संलग्न रहेको नेपाली प्राविधिकले बताएका छन् ।

नेपाल इन्टरमोडल बोर्डको जिम्मेवारी भने सुक्खा बन्दगाह निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई निर्वाधरूपले काम गर्ने वातावरण बनाउन सघाउने, चिनियाँ नागरिक कामदारको भिसा थप गर्न सहयोग गर्ने र निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्नेलगायत जिम्मेवारी समितिले पाएको इञ्जिनीयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ३० बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने