गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? « Khabarhub

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् ।

बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्त्रीलाई आराम दिनुपर्ने बताएका थिए । त्यसको जवाफ प्रचण्डले तीनमहिना पछि कास्की पुगेर दिएका छन् ।

कांग्रेसले ७७ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको प्रति लक्षित गर्दै प्रचण्डले देवघाट तिर जानुपर्ने मानिसलाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै टिप्पणी गरेका हुन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ प्रचण्डले प्रश्न गरे ।

कास्की २ मा मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ०८ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत