गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? | Khabarhub Khabarhub

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् ।

बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्त्रीलाई आराम दिनुपर्ने बताएका थिए । त्यसको जवाफ प्रचण्डले तीनमहिना पछि कास्की पुगेर दिएका छन् ।

कांग्रेसले ७७ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको प्रति लक्षित गर्दै प्रचण्डले देवघाट तिर जानुपर्ने मानिसलाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै टिप्पणी गरेका हुन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ प्रचण्डले प्रश्न गरे ।

कास्की २ मा मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ०८ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल