टुटल पठाओ लगायतलाई नरोक्नुहोस्– यातायातमन्त्री नेम्वाङ | Khabarhub Khabarhub

टुटल पठाओ लगायतलाई नरोक्नुहोस्– यातायातमन्त्री नेम्वाङ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओ लगायतलाई नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवा रोक्नु भन्दा यस्ता सेवाका बारेमा अध्ययन गरि कानून नबनुन्जेललाई यथास्थितिमा चल्न दिनुस्’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । यो सूचना प्रकाशित भएसँगै केही टुटल र पठाओ सेवा चालक पक्राउसमेत भएका थिए ।

केही समय अघि पनि टुटलमाथि कारवाही थालिएपछि व्यापक विरोध भएको थियो र प्रधानमन्त्री केपी ओलीले सञ्चालन गर्न नरोक्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ३१ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित