क्रिकेटर सन्दीपले गरेको लेजर सर्जरी के हो ? कसरी गरिन्छ ? « Khabarhub

क्रिकेटर सन्दीपले गरेको लेजर सर्जरी के हो ? कसरी गरिन्छ ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा आँखाको लेजर सर्जरी गरे । लेजर सर्जरी पछि आफूले राम्रोसँग आँखा देखेको बताएका छन् । उनले चस्मा लगाउन नपर्ने भएकाले लेजर सर्जरी गरेको बताएका छन् ।

क्रिकेटर लामिछानेले गरेको लेजर सर्जरी के हो ? आज हामी तपाईलाई यो विषयमा जानकारी दिदैछौं ।  आँखाको दृष्टिमा  समस्या देखिएमा आँखाका बिरामीले चस्मा लगाउनुपर्ने हुन्छ । आँखाको दृष्टिमा समस्या हुँदा औषधिको प्रयोग, अप्रेसन र चस्माको प्रयोगबाट दृष्टि फर्काउन सकिन्छ ।

नेपालको जनसंख्याको तीन प्रतिशत मानिहरुले चस्मा लगाउनुपर्ने खालको आँखाको समस्यामा छन् । तर, आँखामा समस्या भएका सन्दीप जस्तै धेरैले चस्माको प्रयोग नियमित गर्न सक्दैनन् ।  धेरै नेपालीमा चस्मा लगाएर हराउने, फुट्ने र समयमा चस्मा परिवर्तन गर्न नसक्ने आर्थिक अवस्थाका पनि हुन्छन् । आर्थिक कारण त एकठाउँमा छ नै तर कतिपय मानिसहरु चस्मा लगाउन नपरोस् भन्ने चाहन्छन् । यस्ता मानिसहरुका लागि लेजर सर्जरी उपयुक्त हुन्छ ।

दृष्टि कमजोर भएर चस्मा लगाउनुपर्ने अवस्था भएका विरामीहरुले लेजर सर्जरी गरे पनि चस्माको प्रयोगविना नै राम्रोसँग आँखा देख्न सक्छन् ।

चस्माको प्रयोगभन्दा लेजर पद्धतिबाट गरिने उपचार गुणात्माक हुने चिकित्सकहरु बताउँछन् । दुई आँखाको पावर २ दशमलब ५ भएमा लेजर पद्दतिबाट उपचार गर्न उपयुक्त हुन्छ । आँखामा माइनस पावरको दृष्टि भएकाहरुको लागि लेजर पद्धतिबाट उपचार गर्नु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

के हो लेजर सर्जरी ?

लेजर सर्जरी भनेको ल्यासिक र स्माइल नाम गरेका दुई प्रविधिमार्फत आँखाको अप्रेशन गरेर नानीमा समान्य परिवर्तन गरिने उपचार पद्धति हो । लेजर सर्जरी २० मिनेटमा सम्पन्न हुन्छ ।

तिलगंगा आँखा अस्पतालमा २००१ सालदेखि नेपालमा लेजर पद्धतिबाट आँखाको उपचार हुँदै आएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा सन् २००१ देखि अलिहेसम्म ४ हजार भन्दा बढी चस्मा लगाउनुपर्ने बिरामीले लेजर सर्जरी गरिसकेका छन् । यो  चस्मा भन्दा महंगो भएपनि दीर्घकालीन रुपमा प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : २९ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी