अर्घाखाँची दुर्घटनाः ज्यान गुमाउनेको संख्या १८ पुग्यो [अपडेट] « Khabarhub

अर्घाखाँची दुर्घटनाः ज्यान गुमाउनेको संख्या १८ पुग्यो [अपडेट]


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटामा भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ ।मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ०० बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा