अर्घाखाँची दुर्घटनाः ज्यान गुमाउनेको संख्या १८ पुग्यो [अपडेट] « Khabarhub

अर्घाखाँची दुर्घटनाः ज्यान गुमाउनेको संख्या १८ पुग्यो [अपडेट]


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटामा भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ ।मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब