अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत « Khabarhub

अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- रामजानकी विवाह (विवाह पञ्चमी) महोत्सवका लागि भारतको अयोध्याबाट आएका जन्ती आज साँझ नेपाल प्रवेश गरेका छन् ।

जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् ।

मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थसहितका विशिष्ट व्यक्तिले स्वागत गरे ।

जन्ती आज मटिहानीमै बास बस्नेछन् । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तलाई मिष्ठान्न परिकार ख्वाइने चलन रहेको लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्रदास वैष्णबले बताए । आज मटिहानीमा रात्रि विश्राम गरेपछि भोलि बिहान जन्तीको लावालस्कर जिल्ला सदरमुकाम जलेश्वरस्थित श्री जलेश्वरनाथको दर्शन गर्दै साँझ जनकपुरधाम पुग्नेछ ।

मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाएर विश्राम गराई जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने चलन रहे पनि यसपालि भने उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुग्नेछन् ।

यसैबीच आज बुधबार नै रामजानकी विवाह महोत्सवको मटकोर विधि मटिहानीमा सम्पन्न गरिनेछ । अघि त्रेता युगमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर (तलाउ) बाट माटो खनेर त्यही माटोले मटकोर (विवाहको बेदी, यज्ञस्थल बनाइने) गरिएको विश्वासमा यहाँ मटकोर गर्ने पुरानो परम्परा रही आएको छ ।

जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मङ्गलबार नै शुरु भएको छ । पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभङ्ग, चौथो दिन मटकोर, पाँचौँ दिन तिलकोत्सव, छैठौँ दिन स्वयम्वर र वैवाहिक कार्यक्रम र सातौँ दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न गरिने चलन छ ।

महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपश्चात् रामकलेवा विधि सम्पन्न गरेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बस्त्र आभूषणसहित बिदाइ गरिने जानकी मन्दिर प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ४३ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’