रुस अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा « Khabarhub

रुस अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ ।

यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह सञ्चारमन्त्री अलेक्सी सोकोलोभले भने ‘परीक्षणले इन्टरनेट सेवाग्राही र सेवा प्रदायकहरुले साइबर खतराको प्रतिक्रिया गर्न सक्ने देखाएको छ,’ ।

यस प्रकिृयामा जस्तो सुकै अवस्थामा पनि आफ्नो इन्टरनेटको सुरक्षादेखि प्रयोगकर्ताको सुरक्षासमेत जाँचिएको छ ।

रुसी इन्टरनेट अधिकारीहरुले भने सरकारले आफ्नो छुट्टै इन्टरनेट ल्याएको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले आफूहरुलाई विश्व इन्टरनेटबाट जुनसुकै बेला छुट्याने र यसले पूरै देशलाई हटाउन सक्ने भन्दै गम्भिर भएका छन् ।

यसै वर्षको मे १ मा रुसी राष्ट्रपति भ्लादमीर पुटिनले इन्टरनेटसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । उनले ‘विश्वव्यापी इन्टरनेटको देशव्यापी विकल्पका रुपमा सार्वभौम इन्टरनेटको विकास’ गरिएको बताएका थिए । यसैअनुसार रुसका इन्टरनेट सेवा प्रदायकहरुले केन्द्रीय डाटा नियन्त्रक उपकरण इन्सटल गरेका थिए ।

गत मार्चमा रुसको राजधानी मस्कोमा यसका विरुद्ध प्रदर्शनसमेत भएको थियो । प्रदर्शनकर्ताहरुले ‘इन्टरनेट बन्द’ भन्ने नाराका साथ विश्व इन्टरनेट सञ्जालबाट रुसलाई हटाउन खोजेकोमा खेद व्यक्त गरेका थिए । तर, पुटिनले भने यसको बचाउ गर्दै देशमा इन्टरनेट सेवा बन्द नहुने बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ४४ बजे

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)