राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो « Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ ।

निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ ।

यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् ।

आयोगले एक विज्ञप्ति जारीगरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ ।

यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता छन् ।

प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता छन् ।

गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन् ।

प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।

कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।

त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाको पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ ।

यो केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।

सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ३० बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि