महावीरको राष्ट्रिय आविष्कार केन्द्रलाई बिद्युतीय बस बनाउन चिनियाँ कम्पनीले सहयोग गर्ने  « Khabarhub

महावीरको राष्ट्रिय आविष्कार केन्द्रलाई बिद्युतीय बस बनाउन चिनियाँ कम्पनीले सहयोग गर्ने 


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ एक बिजुली बस बनाउने कम्पनीले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएको छ ।

चीनमा बिजुली बस बनाउने कम्पनी सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आविष्कार केन्द्रको अवलोकन गर्न पुगेका उनले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो दिएका थिए ।

उनले विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको उनीसँगै पुगेका सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ च्यङलिङको भनाइ उद्धृत गर्दै थापाले भने ।

सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

 

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ०७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार