शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आर्मी र शेर्पा क्लब मध्यान्न १२ बजे भिड्नेछन् । यस्तै, दशरथ रंगशालामा पुलिस र सरस्वती दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् ।

लिगमा एक जित र एक हार ब्यहोरेको आर्मीको ३ अंक छ । दुबै खेल बराबरी खेलेको शेर्पाको २ अंक छ । दिनको दोस्रो खेलमा भिड्न लागेको पुलिसको १ अंक रहँदा सरस्वतीले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : २८ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि