इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीले साउथह्याम्पटनसँग २-० गोल अन्तरको हार बेहोरेको हो ।

चेल्सीको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन माइकल ओबाफेमी र नाथन रेडमोन्डले एक एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा ओबाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए ।

घरेलु मैदानमा पराजित भएपनि चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । चेल्सीले १९ खेलमा ३२ अंक जोडेको छ । १९ खेलमा २१ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा आर्सनलले बर्नेमाउथसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

खेलको ३५ औं मिनेटमा डान गोस्लिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

बराबरीसँगै ११ औं स्थानको आर्सनलले १९ खेलमा २४ अंक जोडेको छ । बर्नेमाउथ २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई २-१ ले पराजित गर्दा एभर्टनले बर्नलीलाई १-० ले हराएको छ । एस्टन भिल्लाले नर्विचलाई १-० ले हराउँदा सेफिल्ड र वाट्फोर्डले १-१ को बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ३२ बजे

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको

आन्तरिक राजस्व कार्यालय भैरहवाले सञ्चालन गर्‍यो ‘राजस्व सङ्कलन अभियान’

देवदह– आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको