इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । चेल्सीले साउथह्याम्पटनसँग २-० गोल अन्तरको हार बेहोरेको हो ।

चेल्सीको मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन माइकल ओबाफेमी र नाथन रेडमोन्डले एक एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा ओबाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए ।

घरेलु मैदानमा पराजित भएपनि चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । चेल्सीले १९ खेलमा ३२ अंक जोडेको छ । १९ खेलमा २१ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा आर्सनलले बर्नेमाउथसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

खेलको ३५ औं मिनेटमा डान गोस्लिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

बराबरीसँगै ११ औं स्थानको आर्सनलले १९ खेलमा २४ अंक जोडेको छ । बर्नेमाउथ २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई २-१ ले पराजित गर्दा एभर्टनले बर्नलीलाई १-० ले हराएको छ । एस्टन भिल्लाले नर्विचलाई १-० ले हराउँदा सेफिल्ड र वाट्फोर्डले १-१ को बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ३२ बजे

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ