इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बिहीबार राति भएको खेलमा लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

दी किंङ पावर स्टेडियममा भएको खेलमा लिभरपुलका लागि रोबटो फिर्मिन्होले टिमका लागि पहिलो गोल गरेका थिए। उनले खेलको ३१ औं मिनेटमा गोल गर्दै लेस्टरविरुद्व पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

यो सिजनमा अप्रत्याशित तरिकाले लिगमा उत्रिएको लेस्टरमाथि अविजित लिभरपुलले खेलको ७० देखि ८० मिनेटबीचमा ३ गोल गरेको थियो। लिभरपुलका मिलनरले ७१ औं मिनेटमा गोल गर्दा फिर्मिन्होले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल ७४ मिनेटमा गरे।

यस्तै एलेक्सजेन्डर अर्नाल्डोले खेलको ७८ औं मिनेटमा लिभरपुलका लागि चौथो गोल गरेका थिए। जीतसँगै लिभरपुल ५२ अंकसहित शीर्ष स्थानमा कायम छ भने पराजित लेस्टरको ३९ अंक छ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ५० बजे

अशान्त विश्वमा ‘सही छनौट’ गर्न दक्षिण कोरियासँग चीनको आग्रह

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली

टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को