यात्रुबाहक सवारीको ‘हुट’ हटाउँदै प्रहरी « Khabarhub

यात्रुबाहक सवारीको ‘हुट’ हटाउँदै प्रहरी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ ।

पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो ।

ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए ।

पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले बताए ।

ट्राफिक कार्यालय नवलपुरले एकै दिनमा पहाडी क्षेत्रमा चल्ने सात वटा जीपका ‘हुट’ हटाएको छ । पटकपटक ‘हुट’मा यात्रु नराख्न अनुरोध गर्दासमेत यात्रु राख्न नछाडेपछि सवारीको ‘हुट’ आफैंले हटाउन थालेको ट्राफिक प्रमुख थापाले बताए ।

जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने उनले बताए । उनका अनुसार बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको हो ।

केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने प्रमुख थापाले बताए । ‘हामीले समिति, सम्बन्धित सवारी चालकलाई अनुरोध गरेका छौँ, उहाँहरु आफैंले ‘हुट’ नहटाए हामी आफैँ हटाउँछौ’, प्रमुख थापाले भने, ‘यो हाम्रा लागिभन्दा पनि यात्रुले जोखिमपूर्ण यात्रा नगरुन् भनेर गरेका हौँ ।’

नवलपुरको बौदिकाली, बुलिङटार, हुप्सेकोट गाउँपालिकाका पहाडी क्षेत्रमा चल्ने सवारीले अनुमतिभन्दा धेरै यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउँदै आएका छन् । गाउँगाउँमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने त्यसैमाथि भार थप्ने गरी सामान ओसार्दा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि यो अभियान थालिएको ट्राफिक प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ३३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको