वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिकबारे सरकार बेखबर | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिकबारे सरकार बेखबर

मलेसिया र खाडीका देशबाट हराउने श्रमिक धेरै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत केही वर्षयता वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक हराउन क्रम बढ्दो छ । रोजगारीका लागि विभिन्न देश पुगेका श्रमिक वषैदेखि घर नफर्किदाँ परिवारलाई समेत समस्या हुन थालेको छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक परिवारको सम्पर्कमा नआउँदा उनीहरु हराएको भन्दै परिवार प्रशासनिक निकाय धाउन थालेका छन् । यसरी हराएका श्रमिक कहाँ जान्छन् भन्ने समस्या बन्न थालेको छ । विदेश कमाउन गएका श्रमिक उत्तै हराएपछि परिवारको विचल्ली हुने गरेको छ ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले पछिल्लो ६ वर्षको अवधिमा गरेको एक अध्ययनमा ३ सय ८८ जना वैदेशिक रोजगारीका क्रममा हराएको भन्दै आफन्त र परिवारले खोजीका लागि आवेदन दिएको जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका ३ सय १३ पुरुष र ७५ जना महिलाहरु हराएका छन् । यसरी हराएको व्यक्ति अज्ञात नै हुने गरेको पीएनसीसीले जानकारी दिएको छ । वैदेशिक रोजगारीका क्रममा परिवारसँग सम्बन्ध टुटेका श्रमिक कहाँ जान्छन छ ? यो विषयमा सरकार भने बेखबर जस्तै छ । जसका कारण यसरी हराएका श्रमिकका कहाँ खोज्ने भन्ने विषयमा उनीहरुको आफन्त र परिवार अझ अन्योलमा पर्ने गरेको पाइन्छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक देशअनुसार हराएको अध्ययनका क्रममा पाएको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिएका छन् । रोजगारीका लागि खाडीका देश र मलेसिया गएका धेरै श्रमिक हराउने गरेको पीएनसीसीका अध्यक्ष कार्कीले बताए ।

‘ मलेसिया गएका धेरै श्रमिक विवाह गरेर बसेका कारण परिवारको सम्पर्कमा आउँदैनन् । उनीहरुलाई विवाहपछि परिवारसँग विदेशी केटीले सम्पर्क गर्न नदिने गरेको अध्ययनका क्रममा भेटिएको थियो । साउदीमा हराएरका कतिपय श्रमिकको मृत्यु नै भएको हुन्छ । यसरी हराएको श्रमिक भेटन सकिदैन,’ उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक खोज्न सरकारले तत्परता देखाउनुपर्छ । विदेशमा रहेका नियोगहरुलाई सक्रिया बनाएर काम लगाउन सक्यो भने केही मात्र समस्या समाधान हुन्छ ।’

यस्तै, वैदेशिक रोजगार विभाग र परराष्ट्रय मन्त्रालय अन्तरगतका कन्सुलर विभागमा पनि वैदेशिक रोजगारीका क्रममा धेरै श्रमिक हराएका आवेदन लिएर आफन्त र परिवार धाउने गरेका छन् । रोजगारीका लागि विभिन्न देश गएका श्रमिक हराएको समस्या लिएर आफन्त आउने गरेको विभागका प्रवक्ता भोला गुरागाँईले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक खोज्न विभागले नियोगमार्फत पहल गर्ने गरेको उनको भनाइ छ । कन्सुलर विभागमा वार्षिक ३० जना सम्म विदेशी हराएका आफन्त खोजी दिन निवेदन पर्ने गरेको जनाएको छ । विभागमा पनि वार्षिक २० जानसम्म वैदेशिक रोजगारीमा गइ सम्पर्कमा नआएको भन्दै गुनासो लिएर परिवार र आफन्त आउने गरेका जनाएको छ ।

हराउने अधिकांश खाडीका देश र मलेसियामा

पीएनसीसीले गरेको अध्ययनले ६ वर्षमा ३ सय ८८ जना वैदेशिक रोजगारीका क्रममा हराएको पाइएको छ । यो अवधिमा सवैभन्दा धेरै मलेसिया हराएका छन् । मलेसिया रोजगारीमा गएका २ सय श्रमिक परिवारको सम्पर्क बाहिर छन् । उनीहरुका अवस्था अज्ञात छ । साउदी अरेबियामा ६७, कुबेतमा ४६, युएईमा ३२, कतारमा २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको परिवारको सम्पर्कमा विगत कम्तिमा २ वर्षदेखि नआएको पिएनसिसीले जनाएको छ ।

यो अवधिमा पीएनसीसीले १ सय ४ कामदारको खोजी गरिरहेको जनाएको छ । सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् ।

यस्तै कैलाली २२, धनुषा २१, धादिङ २०, सिन्धुपाल्चोक २०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३ र १३ तथा अन्य जिल्लाका १ सय ४७ नेपाली परिवारको सम्पर्क बाहिर छन् । ५३ श्रमिकको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको पीएनसीसीले जनाएको छ ।

हराउनुको मुख्य कारण

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक धेरै जेलमै परेको हुनसक्ने सरकारी अनुमान छ । विभिन्न अभियोगमा जेल पर्नु, प्रेम सम्बन्ध, ऋणका कारण परिवारसँग सम्पर्कमा नरहनु, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु र घरेलु महिला श्रमिकलाई रोजगारदाताले बन्दी बनाएर राख्नु मुख्य कारण हुनसक्ने बोर्डले जनाएको छ ।

विदेशी गएपछि अन्य देशका केटीसँग प्रेमजालमा फसेर कतिपय श्रमिक नेपाल नफर्किने गरेको बोर्डको अनुमान छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : २६ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने