ए डिभिजन लिग : हिमालयन शेर्पामाथि आर्मीको पुनरागमन जीत « Khabarhub

ए डिभिजन लिग : हिमालयन शेर्पामाथि आर्मीको पुनरागमन जीत


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

शुक्रबार सातदोबोटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीका लागि कप्तान भारत खवास र टेक बहादुर बुढाथोकीले एक–एक गोल गरे । पहिलो हाफमा हिमालयन शेर्पाले उत्कृष्ट खेल्दै आर्मीलाई गोलरहित बराबरी रोक्न सफल भएको थियो । तर, खेलको ५७ औ मिनेटमा भरत खवासले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसको ठिक ४ मिनेटपछि अर्थात् ६१ औं मिनेटमा आर्मीका टेक बहादुर गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यसअघिको आर्मी आफ्नो दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । पहिलो खेलमा जीत हात पारेको आर्मी दोस्रो खेलमा पराजित भएपनि तेस्रो खेलबाट पुन आर्मीले लय समातेको छ ।

यो जितसँगै आर्मीले लिगमा तीन खेलमा दोस्रो जित हासिल गरेको छ । आर्मीको तीन खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ ।
त्यस्तै हिमालयन शेर्पाले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : १७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक