हलमा छैनन् नेपाली फिल्म, दशैँ र नयाँ वर्षमा फिल्म ‘भिडाउन’ होडबाजी ? « Khabarhub

हलमा छैनन् नेपाली फिल्म, दशैँ र नयाँ वर्षमा फिल्म ‘भिडाउन’ होडबाजी ?


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमा घरमा नेपाली फिल्म नचलेको धेरै भयो । पछिल्लो समय कबड्डी ३ र छ माया छपक्कैले व्यावसायिक सफलता हात पारे । यीबाहेक अन्य फिल्मले व्यापारमा सफलता हात पार्न सकेनन् ।

यस वर्ष अब ठूला फिल्म खासै छैनन् । यद्यपि प्रदीप खड्काको फिल्म ‘प्रेम गीत ३’ लाई प्रतीक्षित फिल्मका रुपमा हेरिएको छ । यसअघि २ सिरिज सफल भएका कारण पनि ‘प्रेम गीत ३’ प्रतीक्षित बनेको छ ।

यो फिल्म चैत २८ मा आउने घोषणा गरेर निर्माण टिम यतिबेला मनाङको चिसोमा फिल्मको छायांकन गरिरहेको छ । यो मितिमा ‘चपली हाइट ३’ पनि प्रदर्शन हुने चर्चा छ । त्यसो त सोही मितिमा अनमोल केसीको एक फिल्म प्रदर्शन गरिने चर्चा थियो ।

हलवाला तथा वितरकले पनि अनमोल र प्रदीपलाई भिडाउन खोजिरहेका थिए । तर, अनमोलले फिल्ममा काम गरेनन् । उनले हालै फिल्म ‘धुपौरे’ रिजेक्ट गरेका थिए ।

अब कुरा गरौँ, यतिबेला हलमा दर्शक नभएको विषयबारे ।

पछिल्लो समय दर्शक मल्टिप्लेक्स (सुविधासम्पन्न सिनेमा हल) तर्फ आर्कषित भए पनि यी हलमा नेपाली फिल्म हेर्ने दर्शक न्यून मात्रामा जाने गर्छन् ।

अहिले मल्टिप्लेक्स हलमा कुनै पनि नेपाली सिनेमाले राम्रो व्यापार गर्न सकेका छैनन् । हलमा नेपाली दर्शकको खडेरी लागिरहेका बेला विदेशी फिल्म भने चलिरहेका छन् ।

यता मेकरले अहिले कुनै फिल्म रिलिज नगरी दशैँ र नयाँ वर्ष ताक्दै फिल्म रिलिज गर्न हानथाप गरिरहेका छन् ।

स्किृप्टसमेत फाइनल नहुँदै अर्को वर्षको कार्तिक ७ गते प्रदीप भट्टराईले मह जोडीसँग मिलेर नयाँ फिल्म रिलिज गर्ने घोषणा गरेका थिए । अब सोही मितिमा फेरि अर्को फिल्म पनि घोषणा गरिएको छ ।

फिल्म ‘चपली हाइट ३’ को शुभमुहूर्तमा कलाकारहरु ।

दीपकराज गिरीको टिमले आफ्नो नयाँ प्रोजेक्ट ‘छक्का पञ्जा ४’ निर्माण गर्ने र यसलाई दशैँको अवसर पारेर रिलिज गर्ने घोषणा गरेको छ ।

यदि दुवै फिल्म युनिटले आफ्नो अडान छोडेनन् र रिलिज गरे भने आगामी वर्षका दुई ठूला फिल्म एकसाथ रिलिज हुने भएका छन् ।

जबकि, दुवै मेकरले यसअघि सहकार्य गरेर एउटै फिल्म बनाएका थिए । अब दुई मेकर एकसाथ फरक फिल्ममा आउने भएपछि फिल्म जगतमा तरंग मच्चिएको छ ।

यद्यपि अहिले घोषणा गर्दैमा फिल्म एकसाथ रिलिज हुन्छ भन्ने छैन । रिलिजका बेला दुई टिम मिलेर जान्छन् कि भिड्न तयार हुन्छन्, त्यो भने हेर्न बाँकी छ ।

एकसाथ दुई कमेडी फिल्म रिलिज हुँदा दर्शकलाई त रोजेर फिल्म हेर्ने मौका जुर्ला तर निर्माताका लागि त पक्कै घाटाको व्यापार न हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ३१ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा