अनलाइनबाट श्रम स्वीकृति लिन यस्ता कागजात पेश गर्नुपर्ने | Khabarhub Khabarhub

अनलाइनबाट श्रम स्वीकृति लिन यस्ता कागजात पेश गर्नुपर्ने


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा अनलाइनमार्फत श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनीले मागपत्र, करारपत्र लगायतका कागजी प्रक्रिया पेश गर्नुपर्ने भएको छ ।

विदेशस्थित नियोगले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको अनलाइन प्रणाली सिधै आउने गर्छ । नियोगबाट प्रमाणिकरण भएर आएको कागज विभागको अनलाइन प्रणालीमा आउँछ । यसरी फाइल विभागको अनलाइनमा आएपछि वैदेशिक रोजगार विभागले डिमाण्डको पूर्व स्वीकृति गर्छ ।

अनलाइन प्रणाली लागू भएपछि व्यवसायीहरुलाई आफ्नै इमेलमा पूर्व तथा अन्तिम श्रम स्वीकृतिका बारेमा विभागले जानकारी गराइदिन्छ । त्यसपछि उनीहरुले श्रमिकसँग अन्तर्वार्ता र अन्य प्रक्रियाका अघि बढाउन पाँउछन् ।

अब पहिलो जस्तो म्यानपावर कम्पनीले राखेका श्रम प्रतिनिधि विभागको काठमाडौं कार्यालय ताहाचल जानु नपर्ने विभागले जनाएको छ । दूतावासबाट सूचना प्रणालीमा प्रमाणीकरण भएर आएका मागपत्र विगतमा नक्कली हुने सम्भावना समाप्त भएको विभागको दाबी छ ।

विचौलियाको चलखेल बन्द हुने, श्रम स्वीकृतिको डकुमेन्ट अनलाइनमा नै भेरिफिकेसन गर्न सकिने, म्यानपावरको कुरियर खर्च समेत बचत हुने विभागले जनाएको छ ।

विदेश जानेहरुले अनिवार्य गर्नुपर्ने बीमा बापतको रकम पनि अबदेखि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिनेछ । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।

वैदेशिक रोजगार सम्बन्धी बीमालेख जारी गर्दा र नवीकरण गर्दा अनलाइन प्रणालीबाट गर्न बीमा समितिले ४ वटा बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ५८ बजे

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।