अनलाइनबाट श्रम स्वीकृति लिन यस्ता कागजात पेश गर्नुपर्ने « Khabarhub

अनलाइनबाट श्रम स्वीकृति लिन यस्ता कागजात पेश गर्नुपर्ने


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा अनलाइनमार्फत श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनीले मागपत्र, करारपत्र लगायतका कागजी प्रक्रिया पेश गर्नुपर्ने भएको छ ।

विदेशस्थित नियोगले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको अनलाइन प्रणाली सिधै आउने गर्छ । नियोगबाट प्रमाणिकरण भएर आएको कागज विभागको अनलाइन प्रणालीमा आउँछ । यसरी फाइल विभागको अनलाइनमा आएपछि वैदेशिक रोजगार विभागले डिमाण्डको पूर्व स्वीकृति गर्छ ।

अनलाइन प्रणाली लागू भएपछि व्यवसायीहरुलाई आफ्नै इमेलमा पूर्व तथा अन्तिम श्रम स्वीकृतिका बारेमा विभागले जानकारी गराइदिन्छ । त्यसपछि उनीहरुले श्रमिकसँग अन्तर्वार्ता र अन्य प्रक्रियाका अघि बढाउन पाँउछन् ।

अब पहिलो जस्तो म्यानपावर कम्पनीले राखेका श्रम प्रतिनिधि विभागको काठमाडौं कार्यालय ताहाचल जानु नपर्ने विभागले जनाएको छ । दूतावासबाट सूचना प्रणालीमा प्रमाणीकरण भएर आएका मागपत्र विगतमा नक्कली हुने सम्भावना समाप्त भएको विभागको दाबी छ ।

विचौलियाको चलखेल बन्द हुने, श्रम स्वीकृतिको डकुमेन्ट अनलाइनमा नै भेरिफिकेसन गर्न सकिने, म्यानपावरको कुरियर खर्च समेत बचत हुने विभागले जनाएको छ ।

विदेश जानेहरुले अनिवार्य गर्नुपर्ने बीमा बापतको रकम पनि अबदेखि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिनेछ । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।

वैदेशिक रोजगार सम्बन्धी बीमालेख जारी गर्दा र नवीकरण गर्दा अनलाइन प्रणालीबाट गर्न बीमा समितिले ४ वटा बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ५८ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित