सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो | Khabarhub Khabarhub

सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अदालतमा इन्कारी बयान गरेका छन् ।

प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि शुक्रबार जिल्ला अदालत सुनसरीमा कृष्णदासको बयान लिइएको थियो ।

अदालती बयानका क्रममा उनले आफूमाथि झुटो आरोप लगाइएको बताएका छन् ।

बयानका क्रममा पीडित महिलासँग उनले गरेको संवादसहित अडियो समेत प्रस्तुत गरिएको थियो । जुन अडियोमा कृष्णदासले पीडित महिलासँग क्षमायाचना गर्दै आफूबाट गल्ती भएको स्वीकार गरेको सुनिन्छ ।

अदालती बयानका क्रममा भने कृष्णदासले उक्त अडियोमा कसैले आफ्नो आवाज नक्कल गरेर ती कुराहरु बोलेको बताएका छन्।

प्रहरीसँगको साविती बयानमा पनि कृष्णदासले आफूमाथिको आरोप अस्वीकार गरेका थिए ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल प्रसाद गिरीका अनुसार शुक्रबार कृष्णदासको बयान सकिएको छ ।

शुक्रबार जिल्ला अदालत सुनसरीका प्रमुख न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा कृष्णदासको बयान लिइएको थियो ।

अब आइतबार कृष्णदासको थुनछेक हुने अदालतले जनाएको छ । कृष्णदासको थुनछेक बहसमा वकालत गर्नका लागि अहिलेसम्म १० जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका जिल्ला अदालत सुनसरीका प्रवक्ता गिरीले खबरहबलाई जानकारी दिए ।

वकालतनामा दर्ता गराउनेमध्ये ६ जना सरकारी वकिल छन् भने ४ जना कृष्णदासको तर्फबाट कानून व्यवसायीहरु छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

चिकित्सकहरुले उनलाई मुटुसम्बन्धी रोगको समस्या रहेको बताउँदै आएका छन् । तर, पीडित पक्षले भने गिरीले घटनालाई प्रभावित पार्न अस्पतालमा बसेर विभिन्न प्रकारका चलखेल गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : ४१ बजे

आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज