गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम. अल मर्वानीले आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मर्वानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले साउदी अरेबियामा ठूलो सङ्ख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको सङ्ख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदूत मर्वानीमार्फत साउदी सरकारलाई धन्यवाद दिँदै सो सङ्ख्या अझ थप गर्न आग्रह गरे ।

भेटमा राजदूतले मर्वानीले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे ।

साउदीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताउँदै उनले नेपालबाट साउदीमा हज गर्न जानेहरुको सङ्ख्या बढाउनसमेत आफूले पहल गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ५७ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर