कीर्तिपुरमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय « Khabarhub

कीर्तिपुरमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

आज अपराह्न भेटिएको उक्त शंकास्पद वस्तु ‘ह्याण्ड ग्रिनेड’ बम भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।

शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरमा प्लास्टिकसँगै उक्त शंकास्पद वस्तु भेटिएको थियो ।

शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको कामतीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ०४ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी