कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा « Khabarhub

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले बहुमतका आधारमा कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ ।

कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछ ।

महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका पदाधिकारी तथा सदस्य सहभागी थिएनन्।

आगामी जेठ १ गतेदेखि असार १५ गतेसम्म नयाँ र नविकरण गरेका क्रियाशील सदस्यताको सूची प्रकाशन गरेर केन्द्रीय कार्यालयमा पठाउने मिति तय गरिएको छ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि आगामी असार १६ गतेदेखि असार मसान्त तोकिएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय समितिले पार्टीको गाउँ/नगर वडा अधिवेशन मंसिर ९ गते गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँ/नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते गर्ने निर्णय बैठकले गरेको छ।त्यस्तै जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुस १५ गते गर्ने कार्यतालिकामा उल्लेख छ।

बैठकले महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न धारा ४, ३५ र ५० का केही व्यवस्था महाधिवेशन प्रयोजनका लागि मात्रै निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरेर निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताए।

केन्द्रीय कार्यसमितिको यो निर्णयलाई आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइनेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरूः

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : ५७ बजे

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै