मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव | Khabarhub Khabarhub

मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठ बुँदे सुझाव पठाएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा सुझाव पठाएको हो ।

आयोगले आज पठाएको सुझावहरुमा विधायिकाबाट जारी गरिने कानूनहरू मानव अधिकारमैत्री ढङ्गबाट निर्माण हुने वातावरण सिर्जना गनुपर्ने, सङ्घबाट पारित गरिनुपर्ने कतिपय कानूनहरू समयमा नै जारी हुन नसक्दा प्रदेश तथा स्थानीय तहमा केही अन्योलता उत्पन्न भएको पाइएको हुँदा ती समस्याको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने उल्लेख छ ।

मौलिक हक कार्यान्वयन सम्बन्धमा सरकारबाट भएका कामहरूको प्रगति प्रतिवेदनहरू झिकाई सरकारलाई आवश्यक सल्लाह तथा सुझाव दिनुपर्ने, राज्यबाट हुन सक्ने मानव अधिकार उल्लङ्घनप्रति सरकारलाई सचेत गराउँदै दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउने वातावरण सिर्जना गर्न सरकारलाई निर्देशन दिन सुझाव दिइएको छ ।

त्यस्तै, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनको सन्दर्भमा आवश्यक कानूनहरू तदारूकता र प्राथमिकताका साथ निर्माण गर्ने वातावरणका लागि पहल गर्नुपर्ने, सरकारबाट निर्माण गरिने विभिन्न नीति तथा कार्यक्रमहरूलाई मानव अधिकारमैत्री बनाउन सरकारलाई आवश्यक सल्लाह तथा सुझाव दिनुपर्नेछ ।

सुझावमा सबै किसिमका नियुक्तिहरूमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा भएको कुरा सुनिश्चित गर्ने विषयमा सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने र मौलिक हकको कार्यान्वयन तथा मानव अधिकारका अन्य विषय वस्तुसँग सम्बन्धित कानून निर्माण गर्दा राष्ट्रिय मानव अधिकार आयोग तथा अन्य सरोकारवाला निकायहरूको व्यापक सहभागिताको सुनिश्चितता गर्ने वातावरण निर्माण गर्नुपर्ने रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : २६ बजे

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

काठमाडौं– पाटनमा सोमबार ‘मतया पर्व’ मनाइएको छ । गाईजात्राको भोलिपल्ट

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा

२७ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अंकले घटेको छ

कोशी प्रदेशसभा : विधेयकमा सैद्धान्तिक छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको