आफ्नो जिल्लामा बढी बजेट पार्न शीर्ष नेताकै दबाब « Khabarhub

आफ्नो जिल्लामा बढी बजेट पार्न शीर्ष नेताकै दबाब


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएको राजधानी दैनिकमा खबर छ ।

संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास आयोजनाको विषयमा आफ्नो धारणा राख्दा नेकपाका शीर्ष नेताको गृह जिल्लामा बढी बजेट पार्न खोजेको आरोप लगाएका छन् । सरकारले तयारी गरेको आगामी वर्षका विकास आयोजनामध्ये सबैभन्दा बढी झापा, चितवन, रुपन्देही र दाङमा प्रस्ताव गरिएको छ । स्थानीय सरकार र प्रदेश सरकारमातहत सञ्चालन गर्न सकिने आयोजनाहरूलाई शीर्ष नेताहरूले विशेष महŒवको आयोजना भन्दै संघीय सरकारमा राख्न खोजेकामा उनीहरूले आपत्ति जनाएका हुन् ।

नेकपाका सांसद टोपबहादुर रायमाझीले ठूला आयोजनाका बजेट झापा, रुपन्देही, चितवन र दाङमा प्रस्ताव गरिएको जानकारी दिए । उनले सरकारको नेतृत्व गरेको र दलको शीर्ष तहमै बसेका आधारमा आफ्नो क्षेत्रमा मात्रै बढी बजेट पार्न खोज्नुले नेताहरूलाई मुलुकको विकासभन्दा पनि आफ्नो क्षेत्रको मात्रै माया बढी भएको स्पष्ट भएको बताए । विद्यालय भवनको हालत पनि त्यस्तै छ ।

पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा शीर्षकको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादको विषय अख्तियारमा विचाराधीन रहेको अवस्थामा पाठकले पदीय मर्यादाविपरीत कलेज अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

कलेजका अध्यक्ष न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । अख्तियारले विशेष अदालतमा बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : २१ बजे

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा