लिक्टेनस्टाइनको पोष्टमा इटालीको ६ गोल « Khabarhub

लिक्टेनस्टाइनको पोष्टमा इटालीको ६ गोल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युरो २०२०को छनानेटका सुरुवाती २ खेलमा इटालीले लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार राति भएको दोस्रो छनोट खेलमा समूह ‘जे’ मा रहेको इटालीले लिक्टेनस्टाइनको गोल पोष्टमा ६ गोल गर्दै शानदार जीत हासिल गरेको छ ।

लिक्टेनस्टाइनलाई ६—० गोल अन्तरले पराजित गर्ने क्रममा इटालीका ५ जना खेलाडीले गोल गरे । खेलको १७ औं मिनेटमा स्टेभानो सेन्सीले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ३२ औं मिनेटमा मार्को भेराट्टीले गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

यस्तै, ३५ र ४५ औं मिनेटमा लिक्टेनस्टाइनका खेलाडीले इटालीका खेलाडीमाथि फाउनल गरेपछि लगातार दुई पेनाल्टी पाएको थियो । दुवै पेनाल्टी फवियो क्युआग्लीयोलाले गोल गर्दै टिमलाई पहिलो हाफमा ४—० गोलको फराकिलो अन्तर दिलाएका थिए ।

यस्तै, खेलको ६९ औं मिनेटमा मोइस केन र ७६ औं मिनेटमा लियोनार्दौ पाभालेटीले गोल गर्दै टिमलाई ६—० को शानदार जीत दिलाए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने