स्वास्थ्य परीक्षण गर्ने मेडिकलका लागि नयाँ मापदण्ड « Khabarhub

स्वास्थ्य परीक्षण गर्ने मेडिकलका लागि नयाँ मापदण्ड


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मलेसिया रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गराउन मेडिकलले मुख्य ३ वटा मापदण्ड पुरा गर्नुपर्ने भएको छ । नयाँ मापदण्ड अनुसार मेडिकलले अनिवार्य रुपमा शारीरिक, ल्याव र एक्सरेको परीक्षण गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्डमा अब रोजगारीमा जाने कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गराउनुपर्ने भएको छ । यो भन्दा अगाडी यसरी स्वास्थ्य परिक्षण हुँदैन थियो ।

यस्तै, ल्याव र एक्सेरममा उच्च रक्तचाप, एचआइभी एडस, मुटुरोग, मधुमेह हात्तीपाइले, मलेरिया, क्यान्सर जस्ता रोगको पनि अनिवार्य परीक्षण गर्नुपर्नेछ । यी रोग परीक्षण गने मेडिकलले सम्बन्धित विषयका योग्य डाक्टर राख्नुपर्ने मापदण्डमा तोकिएको छ ।

सूचीकृत हुन मेडिकललाई आह्वान

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नयाँ स्वास्थ्य संस्थाको सूचीकरण प्रक्रिया थालेको छ । बुधबार मेडिकललाई सुचिकरण गर्ने सूचना प्रकाशित गरेर मन्त्रालयमा दर्ता हुन आह्वान गरिएको छ ।

२०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण नभएपछि यो क्षेत्रमा सीमित व्यवसायीले स्वास्थ्य परीक्षणमा सिन्डिकेट नै लगाएका थिए ।

स्वास्थ्य परीक्षण गर्ने मेडिकलमा अब सरकारी अस्पताल पनि सहभागी हुन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डा.रामप्रसाद घिमिरेका अनुसार अब मापदण्ड पूरा गर्ने नीति तथा सरकारी दुवै स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वस्थ्य परीक्षण गर्न पाउनेछन् ।

मलेसियाका लागि तत्काल यो व्यवस्था गरिएको भन्दै घिमिरेले अन्य देशमा पनि यही प्रविधियुक्त यस्तै प्रकारको मापदण्ड बनाइने बताए । नेपालले बनाउन मापदण्ड पनि अन्तर्राष्टिय मापदण्ड अनुसार कै हुने घिमिरेले बताए ।

अहिलेसम्म स्वास्थ्य परीक्षण गर्न पाउने मेडिकल संस्था २ सय २६ वटा मात्र छन् । अब मापदण्ड पूरा गरेका संस्थालाई खुल्ला प्रतिस्पर्धाबाट छनौट गरिने हुँदा स्वस्थ्य परीक्षणमा हुँदै आएको सिन्टिकेट पनि अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ९ : ५५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका