विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग | Khabarhub Khabarhub

विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराए ।

विसं २०५३/५४ देखि जनमिलिसिया हुँदै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य थिए ।

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले उक्त समूहबाट अलग भएर स्वतन्त्र नागरिकको रूपमा रहने श्रीषद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउँदै आएको सवारीसाधन प्रहरी कार्यालयमा राखेको उनले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : १५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार