अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ « Khabarhub

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट–  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्।

धवलागिरि अञ्चल अस्पताल बागलुङको अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए । उनले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताए ।

मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन गर्न आएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गर्नुभएको थियो ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : २८ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै